ट्रकको ठक्करबाट महिलाको मृत्यु

समाचार

रौतहट, ७ भाद्र । जिल्लाको चन्द्रपुर नगरपालिकामा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

चन्द्रपुर नगरपालिका–१ स्थित सडकमा ना.६ ख १५०० नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीया होममाया मगरको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आक्रोसित व्यक्तिहरुले ट्रकमा गरेको आगजनी दमकलको सहयोगमा नियन्त्रण गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ