सिरहा, ७ भाद्र । लहान नगरपालिका–२ बस्ने ५० वर्षीया बालो भन्ने पानबती सदायको करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ ।
सोही नगरपालिका–३ बस्ने चित्ररेखा चौधरीको घरमा काम गर्ने पानबतीको विद्युतीय मोटर जडान भएको कलमा पानी तन्ने क्रममा करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको थियो ।
ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया