आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

समाचार

रूपन्देही, ८ भाद्र । बुटवल उपमहानगरपालिका–११ नारायणपथस्थित अनुप श्रेष्ठको अमुल डेरी एण्ड डेभरेज नेपाल प्रालिमा विद्युत सर्ट भई आगलागी भएको छ ।

बिहीबार बिहान आगलागी हुँदा कम्युटर २ थान, एसी २ थान, प्रिन्टर २ थान, सिसि क्यामरा १ थान र वाल फ्यान १ थान गरी करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ