मोरङ, ८ भाद्र । रंगेली नगरपालिका–२ मंगलवारेस्थित सडकमा को.१ ख २६२६ नम्बरको बस र को.२४ प ९४६२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।
मोटसाइकलमा सवार सुनवर्षी नगरपालिका–४ गोलगाँउ घर भई कन्चनबारी बस्ने ३० वर्षीया बबिता राजबंशीको छोरा ३ वर्षीय दिक्षा राजबंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया