कोशी ब्यारेजका सबै ढोका खोलिए

समाचार

सप्तरी, ९ भाद्र । सप्तकोसी नदीमा पानीको बहाब बढेपछि कोशी ब्यारेजका सबै ढोका खोलिएका छन् भने खतराको संकेत स्वरूप रातो बत्ती बालिएको छ ।

सप्तकोसीमा पानीको बहाब बढेपछि स्थानीय प्रशासनको अनुरोधमा भारतले कोशी ब्यारेजका सबै ढोका खोलेको हो ।

पूर्वी पहाडी जिल्लामा लगातार वर्षा भइरहेकाले सप्तकोशी नदीमा पानीको बहाब बढेको हो। सप्तकोसीमा नदीमा शुक्रबार राति १० बजे पानीको बहाब बढेर प्रतिसेकेण्ड ३ लाख ९८ हजार ३ सय ४५ क्युसेक पुगेको कोशी ब्यारेज कन्ट्रोल रुम प्रशासनले जनाएको छ ।

शनिबार बिहान ६ बजे ३ लाख ८३ हजार ८ सय ५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरिएको छ ।

सप्तकोसीमा पानीको बहाब प्रतिसेकेण्ड एक लाख ५० हजार कटेपछि खतरा मानिन्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ