जातीय सद्भाव बिथोलिने कुनै अभिव्यक्ति नदिन आग्रह

समाचार

विराटनगर, ९ भाद्र । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले जातीय सद्भाव बिथोलिने गरी कुनै पनि अभिव्यक्ति नदिन पार्टी नेतृत्वलाई आग्रह समेत गरेका छन् ।

नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आयोजना गरेको पदस्थापन कार्यक्रममा केन्द्रीय सदस्य डा. कोइरालाले सो कुरा बताएका हुन् ।

उनले नेपाल बहुजाति तथा बहुभाषिक मुलुक भएकाले सबै जातीय समुदायले आपसी सद्भाव कायम राख्नुपर्ने बताए ।

नेपालको संविधानले सबै जातीय समुदायलाई उत्तिकै अधिकार दिएकाले धार्मिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरे ।

नेता डा.कोइरालाले नक्कली भुटानी शरणार्थी, ललिता निवास जग्गा तथा सुन काण्ड जस्ता विभिन्न प्रकरणका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छविमा गलत असर परिरहेकाले यस विषयमा निष्पक्ष छानबिन आवश्यक रहेको बताए ।

यस्ता घटनाहरूको ढाकछोप गर्ने प्रयास भइरहेकाले निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्नेमा उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ