नेपालगन्ज, ९ भाद्र । जिल्लाको छुट्टाछुट्टै स्थानमा खोला र पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।
जानकी गाउँपालिका ४ गिजराका २१ वर्षीय किरण बर्माको बेलहनी नालामा डुबेर मृत्यु भएको छ ।
साथीहरूसँग खोलामा नुहाउन गए बर्मा नालामा बेपत्ता भएका थिए । उनलाई साथीहरूले झण्डै १५ मिनेटपछि पानीबाट निकालेको प्रहरीले जनाएको छ ।
यस्तै, पोखरीमा पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका १ कौशिलानगरका १७ वर्षीय सुरेश सार्कीको डुबेर मृत्यु भएको छ ।
बैजनाथ गाउँपालिका ३ एलवी चोकस्थित महेन्द्र तालमा नुहाउन गएका सार्कीको डुबेर मृत्यु भएको हो ।
उनीसँगै पौडी खेल्न गएका अन्य दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया