काठमाडौं, ९ भाद्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केही दिनयता धरानमा भएको द्वन्द्वले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पु¥याउन सक्ने विषयप्रति चिन्ता व्यक्त गरेका छन् ।
सभापति देउवाले शनिबार धरानको घटनाका सम्बन्धमा अपिल सार्वजनिक गर्दै सामाजिक, धार्मिक र राजनीतिक सद्भाव कायम राख्न आग्रह गरेका छन् ।
“परापूर्व कालदेखि विभिन्न जात–जाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेको मात्रै होइनौँ, राष्ट्र निर्माण र विकासका लागि हातेमाले गर्दै आएका छौँ”, कांग्रेस सभापति शेरबहादुर देउवाले जारी गर्नुभएको अपिलमा भनिएको छ, “नेपालको कानुनले हरेक व्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थामा चोट नपुर्याइ आ–आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्नु हुँदैन । साथै कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले दक्खल पु¥याउन पनि उचित हुँदैन ।”
तपाईको प्रतिक्रिया