रूपन्देही, ९ भाद्र । लुम्बिनी सांस्कृतिक नगरपालिका–११ कोठी पुलस्थित सडकमा भैरहवाबाट कपिलवस्तुतर्फ जाँदै गरेको बा.४ च २७२७ नम्बरको कारमा ईन्जिन तातिएर शनिबार बिहान आगलागी भएको छ ।
कार पूर्णरूपमा जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया