समतामूलक समाज निर्माण सम्बन्धि एक प्रशिक्षण सम्पन्न

समाचार

काठमाडौं, १० भाद्र । भक्तपुरस्थित रहेको डोलेशवर भिलेज रिसोर्टमा समतामूलक समाज निर्माण महाअभियानले समतामूलक समाज निर्माण सम्बन्धि एक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

महाअभियानका राष्ट्रिय संयोजक विजय प्रकाश निषादको अध्यक्षतामा सम्पन्न उक्त प्ररिक्षण कार्यक्रममा महाअभियानका वरिष्ठ उपाध्यक्ष विशाल झा, केन्द्रीय उपाध्यक्ष सुनिता साह, महासचिव अभिषेक तिवारी, कोषाध्यक्ष निलम महतो, संस्कृत विद पं.श्रीनन्दन भारद्वाज, योगी नरहरिनाथ टष्टका अध्यक्ष शंकर पौडेल, नेपाल क्यान्सर सोसाइटी का अध्यक्ष रामनाथ मैनाली लगायत विभिन्न जिल्लाबाट सयौंको संख्यामा उत्साहपूर्ण सहभागिता रहेको थियो ।

उक्त प्रशिक्षण कार्यक्रम संचालन महाअभियानका सचिव डा. ऋषि साहले गरेका थिए ।

महाअभियानद्वारा आयोजित उक्त प्रशिक्षण कार्यक्रममा उपस्थित विभिन्न वक्ताहरुले समतामूलक समाज निर्माण सम्बन्धि अत्यन्त सान्दर्भिक विचार व्यक्त गर्नुका साथै नेपालले सवैधानिक तवरबाट गुमाएको अन्तर्राष्ट्रिय पहिचान पुर्नस्थापनाका लागि तथा वर्गीय झगडालाई निर्मुल पार्दै हिमाल, पहाड र तराईलाई एक सूत्रमा बाँध्नुपर्ने औचित्य दर्साएका थिए ।

प्रशिक्षण प्रदान गर्ने क्रममा संस्कृत बिद पं. श्रीनन्दन भरद्वाजले अहिले वैज्ञानिकहरु पनि हाम्रो सत्य सनातन धर्ममा नै रहेर अहिले नयाँ नयाँ खोजहरु गरिराखेका छन् । चिकित्सामा गरिने विभिन्न मेडिकल विधिहरु पनि वेद, उपनिसद र सनातन धर्ममा अंकित गरिएको छ भन्ने कुरा प्रस्ट रुपमा उदाहरण साथ ब्याख्या गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ