मौलापुर नगर प्रमुख रीना साहले गरिन् बकैयाको बाढी र कटानको निरीक्षण

समाचार

रौतहट, १० भाद्र । केही दिनदेखि लगातार परिरहेको भीषण वर्षाले पार्न सक्ने प्रभावको बारेमा आज मौलापुरको नगरप्रमुख रिना कुमारी साह लालबकैया नदीमा आएको बाढ़ीको निरीक्षण गरेकी छन् ।

मौलापुर नपा वडा नं १ मर्यादपुरमा लालबकैया नदीमा आएको बाढ़ले गरिरहेकेको कटानलाई रोकथाम र नियन्त्रणको लागि प्राविधिक टिम सहित निरीक्षण अनुगमन भएको हो ।

नदीहरूमा पानिको सतह निरन्तर बढ़नुको साथै कटान र डुबानको समस्या पनि बिकराल बन्दै गएको यस विषम परिस्थितिमा जोखिम न्यूनिकरणको लागि मौलापुर नगरपालिकाले गरेको प्रयास सराहनीय रहेको स्थानियहरुको भनाई रहेको छ ।

तसर्थ, नदी किनारका गाऊ बस्तीमा विशेष सतर्कता अपनाउन र नदी कटान रोक्न सबैले आ आफ्नो स्थान र स्तरबाट सक्रिय भूमिका खेल्न मेयर साहले विशेष अनुरोध गरेकी छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ