करेन्ट लागेर युवकको मृत्यु

समाचार

सर्लाही, ११ भाद्र । हरिवन नगरपालिका–२ अत्रौलस्थित निर्माणाधिन लालभित्ती नयाँ पक्की पुलका करेन्ट लागेर युवकको मृत्यु भएको छ ।

कामदार बर्दिया वाँसगढी नगरपालिका बस्ने २८ वर्षीय अशोक चौधरीको करन्ट लागेर आइतबार राति मृत्यु भएको छ ।

सोही ठाउँस्थित आफ्नै कोठामा जाने क्रममा बिजुलीको पोलको तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको सरस्वती अस्पताल हरिवनमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ