जनकपुरधाम, १२ भाद्र । प्रेस स्वतन्त्रता सेनानी, वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको ७८ वर्षको उमेरमा निधन भएको छ ।
सोमबार सांझ मैक्स अस्पतालमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
विगत १४ महिनादेखि बिरामी रहेको नेपाली २०७९ कार्तिक–२२ गते देखि पूर्ण रुपले ओछ्यानमै थला परेका थिए । यसअघि उनी भारतको दिल्ली स्थित विभिन्न अस्पलाहमा उपचार गराएका उनका पुत्र राघवेन्द्र प्रसाद साहले जानकारी दिए ।
उनी प्रजातन्त्र, लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रका २००७ सालका अथक योद्धा, नेपाली पत्रकारिताका स्वतन्त्र सैनानी, साहित्य स्रष्टा, इतिहासविद, गूगल म्यान, क्रान्तिवीर अभिनन्दनीय व्यक्तित्व थिए ।
बहुदलीय व्यवस्था र स्वतन्त्र पत्रकारिताका लागि ३७ पटक जेल परेका नेपाली जीवनका अन्तिम घडीसम्म पनि लेखनमा सक्रिय थिए ।
भाषा, साहित्य, पत्रकारिताको उन्नयनमा उनको योगदानको नेपाली सञ्चार र साहित्य जगतले सदा स्मरण गरिरहनेछ ।
नेपाल पत्रकार महासंघबाट ‘प्रेस स्वतन्त्रता सेनानी’ सम्मानसहित आधा दर्जनभन्दा बढी पुरस्कार र सम्मानबाट विभुषित नेपालीको निधनले नेपाली पत्रकारितामा ठूलो क्षति पुगेको छ ।
तपाईको प्रतिक्रिया