काठमाडौं, १२ भाद्र । प्रेस स्वतन्त्रता सेनानी, वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको निधनप्रति मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा.राजेश अहिराजले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
डा.अहिराजले स्व.नेपालीले पत्रकारिता क्षेत्रमा अतुलनीय योगदान पु¥याएको बताउँदै श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
‘उहाँको योगदानमो नेपाली सञ्चार र साहित्य जगतले सदा स्मरण गरिरहनेछ,’ डा.अहिराजले भनेका छन् ।
साथै डा.अहिराजले स्व.नेपालीको परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
तपाईको प्रतिक्रिया