मोटरसाइकललाई टिपरले ठक्कर दिँदा युवकको मृत्यु

समाचार

मोरङ, १२ भाद्र । उर्लाबारी नगरपालिका–४ स्थित सडकमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

प्र.१–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकललाई प्र.३–००१ क ००९५ नम्बरको टिपरले मंगलबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरी तिरहुत गाउँपालिका–५ बस्ने २८ वर्षीय निरज यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ