काठमाडौं, १२ भाद्र । इन्जिनियरिङ संस्थाले गरेको चर्को शुल्क वृद्धि विरुद्ध विद्यार्थीहरुको अनसनमा प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसकी नेता चन्दा चौधरीले ऐक्यबद्धता जनाएकी छन् ।
सांसद चौधरीले इन्जिनियरिङ संस्थाले गरेको चर्को शुल्क वृद्धि विरुद्ध अनसनरत नेपाल विद्यार्थी संघका इकाई सभापति सुलभ चापागाईंलाई भेटेर उनले गरेको अनसनप्रति ऐक्यवद्धता जनाएकी हुन् ।
विगत ९ दिनदेखि अनसनरत चापागाईंलाई वीर अस्पतालमा भेट्न पुगेकी चौधरीले यो चर्को शुल्क वृद्धिले धेरै गरीब जनताका सन्तानहरुको गुणस्तरिय शिक्षा पाउने अधिकार हनन् हुने भन्दै उनको आन्दोलनमा एक्यबद्धँता जनाइन् ।
विद्यार्थी नेताको स्वास्थ्य स्थिति बिग्रँदै गएकोले आफ्नो स्वास्थ्यको पनि विचार गर्न सांसद चौधरीले चापागाईंलाई अनुरोध गरेकी थिइन् ।
चौधरीले यो चर्को शुल्क वृद्धिले निम्न आय आर्जन भएका जनतालाई आफ्नो छोराछोरी राज्यले नै राम्रो विषय नपढा भनेर भनेको जस्तो भान भइरहेकोले आफूले संसद्बाट पनि सरकारलाई अनुरोध गरेको र चापागाईंले उठाएको मुद्दा एकदम जायज भएकोले पूरा हुने विश्वास पनि व्यक्त गरिन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद चौधरीले छिमेकी मुलुक भारतले आफ्नो १००० जना भन्दा बढी इन्जिनियर जसमा १०० जना भन्दा बढी महिलाको मद्दतले चन्द्रमामा आफ्नो यान पठाइरहदा, नेपाल सरकारले भने इन्जिनियरिङ जस्तो समाजको आधारभूत विषयमा हुने पढाइको शुल्क बढाएर गरीब जनताका छोराछोरीलाई पढ्नबाटै बन्चित गर्न लागेको बताइन् ।
बैठकमा उनले एकैचोटि १५०% भन्दा बढीले भएको शुल्क वृद्धिले निम्न तथा मध्यम आय भएका अभिभावक, निजामती कर्मचारी, मधेश पहाड हिमालका किसान जस्ता समाजका सम्भ्रान्त बाहेक सबै जनताका सन्तानहरुले इन्जिनियरिङ जस्तो अत्यन्त आवश्यक विषयमा अध्ययन गर्नबाट बन्चित हुने भएकोले भएको शुल्क वृद्धिलाई तत्काल फिर्ता लिन सम्बन्धित सरोकारवालाहरुसँग आग्रह गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया