कपिलवस्तु । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अन्य भ्रष्टाचारका फाइलहरु पनि खोल्नुपर्ने बताएका छन् ।
उनले भुटानी शरणार्थी, ललिता निवास, सुन तस्करी जस्ता काण्डको पर्दाफास गरेको वर्तमान सरकारले अन्य भ्रष्ट्राचारको समेत फाइल खोल्नुपर्ने बताएका हुन् ।
नेपाली काँग्रेस कपिलवस्तुले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
२०४६ साल पछि काङ्ग्रेसकै नेतृत्वमा भ्रष्टाचारसम्बन्धी विभिन्न ऐन, नीति नियम निर्माण भएको भन्दै भ्रष्टाचारविरुद्ध पार्टी सशक्त रुपमा अघि बढ्ने उनको भनाइ थियो ।
काँग्रेसले निर्दोष मान्छेलाई फसाउन र भ्रष्टाचारीलाई जोगाउन नहुने उनले बताए । काँग्रेस मिसन चौरासीको कुराभन्दा जन सरोकारका र चासोका विषयमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
काँग्रेसले आफ्नो संस्कार र समन्वय गरी सबैलाई मिलाएर लैजानुपर्ने बताए । समन्वय नभए काँग्रेस सकिन्छ, सारा कुराको समन्वय गर्ने ताकत राख्नुपर्ने उनको भनाइ थियो ।
तपाईको प्रतिक्रिया