काठमाडौं, १४ भाद्र । रक्षा बंधनको उपलक्षयमा राष्ट्रिय एकता अभियानले काठमांड़ौ को शांतिनगर तिनकुने स्थित जेस्ट नागरिक आवास गृहका बृद्ध आमा बुवाहरुसंग रक्षा सूत्र बांधेर रक्षा बंधन उत्सव मनाएको छ।
निः सहाय सेवा सदन, शांतिनगरका ४१जना बृद्ध बृद्धा आमा बुवा सँग अभियानका अध्यक्ष विनय यादव एबं वरिष्ठ नेता बिपी यादव, महासचिव डॉ प्रभात कुशवाहाले रक्षा बंधन एबं जनै पूर्णिमाको महत्व बारे प्रकाश पारी सनातन संस्कृतिको रक्षा गर्ने र देशलाई संघिय हिन्दू गणतंत्र स्थपना गर्ने संकल्पका साथ रक्षा बंधन उत्सव मनाइयेको छ।
कार्यक्रममा मधेश सम्पर्क समितिका संयोजक बिनोद सिंह, महिला बिभागकी संयोजक श्रीमती रीता साह युवा बिभागका संयोजक दिवस पटेल, अभियानी राकेश सिंह, गनेश सिंह, विधार्थी परिषदका महासचिव पप्पू यादव, अभियानि राजेश्वर तिवारी, रामबाबू यादव, इंजिनियर राजकपूर महतो, अधिवक्ता महेश नारायण दास, सूजन यादव, परुषोतम साह, सलाहकार जयनारायण यादव लगायतले जेष्ट नागरिकहरुलाई टिका तथा रक्षा सूत्र बाधनु भएको थियो।
सो अवसरमा अभियानीहरुले संकलन गरेको खाद्य पदार्थ जेस्ट नागरिक आवास गृह, निःसहाय सेवा सदनलाई हस्तान्तरण गरेको थियो।
तपाईको प्रतिक्रिया