विभिन्न हातहतियारसहित चार जना पक्राउ

समाचार

कैलाली, १४ भाद्र । लम्कीचुहा नगरपालिका–१ भुरूवाबाट  विभिन्न हातहतियारसहित चार जना पक्राउ परेका छन् ।

हर्नेट १ थान, म्यागजिन १ थान, गोली १५ राउण्ड र बारूद ५ ग्रामसहित घोडाघोडी नगरपालिका–७ बस्ने ३२ वर्षीय अर्जुन बिक समेत ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियारसहित पक्राउ गरेको हो ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ