हत्या गरेको अभियोगमा पक्राउ

समाचार

सुनसरी, १४ भाद्र । ईटहरी उपमहानगरपालिका–२ बशन्तटोल बस्ने ४४ वर्षीया यशोदा श्रेष्ठको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

धरान उपमहानगरपालिका–१७ साउने बस्ती बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–९ घर भएका २७ वर्षीय कर्मराज परियारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लेनदेनको बिषयलाई लिएर परियारले आफ्नै कोठमा लगि यशोदाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट रेलवे धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ