दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु

समाचार

मोरङ, १४ भाद्र । केरावारी गाउँपालिका–१० स्थित सडकमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

को.२४ प ६२७५ नम्बरको मोटरसाइकल र प्र.१–०२–०४८ प ३२३२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा प्र.१–०२–०४८ प ३२३२ नम्बरको मोटरसाइकल चालक सोही गाउँपालिका–१० बस्ने ४० वर्षीय भिम देवानको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि न्यूरो अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका को.२४ प ६२७५ नम्बरको चालकको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ