लागूऔषधसहित दुई जना पक्राउ

समाचार

बाँके, १६ भाद्र । नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्रामसहित राप्तीसोनारी गाउँपालिका–४ बैजापुर बस्ने २८ वर्षीय कमबहादुर थारू र १ ग्रामसहित सोही उपमहानगरपालिका–१८ भुजई गाउँ बस्ने ४१ वर्षीय गया प्रसाद धोबीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालगंजतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ