स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

समाचार

सिरहा, १६ भाद्र । सिरहा नगरपालिका–१७ माडर काली चोकबाट स्रोत नखुलेको नगद ४४ लाख नेपाली रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिरहा नगरपालिका–७ हेमनारायण चोक बस्ने ४२ वर्षीय संजय कुमार साह र सोही नगरपालिका–१७ माडर बस्ने ५२ वर्षीय प्रेम कुमार यादव रहेका छन् ।

ईलाका प्रहरी कार्यालय माडर र प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरीले भारत जयनगरबाट नेपालतर्फ आउँदै गरेको बिआर ७ सि ४२२४ नम्बरको कारलाई जाँच गर्ने क्रममा सिटमुनी घर्रा जडान गरी घर्राभित्र लुकाई छिपाई ल्याएको उक्त नगद फेला पारी कारका चालक संजय र कारमा सवार प्रेमकुमारलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ