आगलागीबाट ५० लाख ४० हजारको क्षति

समाचार

सप्तरी, १६ भाद्र । राजबिराज नगरपालिका–१ राजदेवीस्थित कोशी पम्प चन्द्र नहर सिँचाई कार्यालयको पार्किङ स्थलमा पार्किङ गरि राखेको सोही कार्यालयको बा.१ झ ४५०७ नम्बरको गाडीमा आगलागी भएको छ ।

ब्याट्रिको तार सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा गाडी र फाईबरको छानो भएको पार्किङ स्थल पूर्णरूपमा जलेर करिब ५० लाख ४० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ