मुस्लिम संघ कपिलवस्तुमा आलम

समाचार

कपिलवस्तु, १७ भाद्र । नेपाली कांग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघ कपिलवस्तुको सभापतिमा अफताब आलम चयन भएका छन् ।

नेपाल मुस्लिम संघको तेस्रो जिल्ला अधिवेशनले आलमको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।

नेपाल मुस्लिम संघका पुर्व अध्यक्ष असअद कमालको कोभिड १९ का कारण मृत्यु भएपछि जिल्ला समिति गठन हुन सकेको थिएन ।

त्यस्तै उपसभापती पदमा करम हुसेन, अब्दुल सलिम, सचिव मोह्मद मुस्ताफ, सहसचिव सरिफ मुसलमान, कोषाध्यक्ष मुक्तार अह्मद खाँ, सदस्यहरुमा तहिरा खाँँ, नुर मोह्मद खाँ, समि मोहम्मद, अब्दुल मजिद, जमसेद खाँँ, नसरुदिन खाँ चयन भएका छन् ।

अन्य पदाधिकारी र सदस्यहरुलाई पछी मनोनयन गरिने नव नियुक्त अध्यक्ष अफताब आलमले जानकारी दिए ।अधिवेशनले महाधिवेशन प्रतिनिधी समेत चयन गरेको छ । महाधिवेशन प्रतिनिधीमा अब्दुल करिम, जमसेर खाँ, मोहबत अली खाँ, रहेका छन् ।

नेपाल मुस्लिम संघको विधान अनुसार जिल्ला अधिवेशनले सर्वसहमतिले नेतृत्व चयन गरिएको नेपाल मुस्लिम संघका केन्द्रिय उपाध्यक्ष अकिल मियाँले बताए ।

कार्यक्रममा नेपाली कांगे्रसका पुर्व केन्द्रिय सदस्य अहर कमाल, कपिलवस्तुका सभापती अब्दुल कलाम, क्षेत्रीय सधापति वलिउद्धिन मुसलमान, नगर सभापति खुर्सेद अहमद खां लगायतले समितिलाई बधाई तथा शुभकामना दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ