कमल राज पौडेल देवकमल, बर्दिया, १७ भाद्र । बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा रहेको जिल्ला कारागारको पर्खाल नाघेर नाईके कैदी फरार भएको छ ।
कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तानी गरिरहेको बर्दियाको ठाकुरबाबा नगरपालिका वडा न. – ८ निवासी बर्ष २७ को आजिव बुढक्षेत्री फरार भएको कारागार स्रोतले जनाएको छ ।
कारागार स्रोतका अनुसार निज बुढाक्षेत्री राती करिब ३.१० बजे देखी ३.३० बजेको बीचमा प्रखाल नाघेर भागेको हुन सक्ने बताएको छ ।
निज बुढाक्षेत्री फरार हुनुमा कारागार सुरक्षामा खटिएका सुरक्षाकर्मीको लापरबाही देखिन्छ ।
बुढाक्षेत्री २०७३ सालमा म्याद थपका लागि अदालत गएको बेला अदालत परिसरबाट फरार भएको थिए । प्रहरीको ठूलो प्रयासबाट ५ वर्षपछि भारतबाट गिरफ्तार गरेर नेपाल ल्याएको थियो ।
कर्तव्य ज्यान मुद्दा खेपिरहेको अदालतबाट फरार भएको र ५ वर्षपछि पुनः हिरासतमा आएको कैदीलाई नाईके बनाउनु जेल प्रशासनको ठुलो गल्ती हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हिक्मत बहादुर बोहराले फरार कैदी बुढाक्षेत्रीको खोजतलास भइरहेको जानकारी गराएका छन् ।
बर्दिया कारागारमा महिला र पुरुष गरि ४ सय ५२ जना कैदी बन्दी रहेका छन् ।
तपाईको प्रतिक्रिया