कमल राज पौडेल देवकमल, बर्दिया, १७ भाद्र । बर्दियाका किसानहरुको हितका लागि मलखाद बिक्रेताहरुसँग छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको आयोजना एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाले गरेको हो ।
आउने दिनमा हाम्रो जिल्लामा गुणस्तरीय नेपालमा सुचिकृत भएको मलखाद मात्र बिक्री वितरण होस् किनकि गुणस्तरहीन मलखाद बिक्री वितरण हुँदा किसानहरुको उत्पादन घट्ने र लगानी बढने हुन्छ ।
‘त्यसैले हामीले किसानहरुको हितका लागि जिल्ला भित्रका सबै मलखाद बिक्रेताहरुलाई बोलाएर छलफल कार्यक्रम गरेका छौ । मलखाद बिक्रेतालाई एउटा मर्यादित व्यवसाय गर्नका लासग के कस्ता कागजात चाहिन्छ कस्ता खालका मलखाद बिक्रीवितरण गर्न पाईन्छ यस्ता धेरै कुराहरुको जानकारी यो कार्यक्रम मार्फत दिएका छौ यो कार्यक्रमले जिल्ला भित्रका किसानहरुमा राम्रो सन्देश प्रवाह भएको’, एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाका कार्यलय प्रमुख सागर ढकालले बताए ।
कार्यक्रममा सहभागी हुन आएका धेरै जसो मलखाद बिक्रेताहरुले आफुहरुले स्थानीय कृषि सहकारी भन्दा राम्रो सेवा सुबिधा किसानहरुलाई दिँदा पनि कृषि सामाग्री कम्पनीले अनुदानको मलखाद बिक्रीवितरण गर्न नदिएकोमा आक्रोश पोखे ।
कृषि सामग्री कम्पनी गुलरिया बर्दियाले १ सय ५८ वटा कृषि सहकारी संस्था मार्फत जिल्ला भरी वार्षिक ३३६६.५ मे.टन युरिया र २०१४.५ डि.ए.पी. बिक्रीवितरण गर्ने जनाएको छ ।
तपाईको प्रतिक्रिया