बाँके, १८ भाद्र । नेपालगंज उपमहानगरपालिका–८ त्रिभुवन चोक बस्ने अप्पर अन्सारीको आफ्नै घरमा रहेको नेपाल कलेक्सन फेन्सी पसलमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएको छ ।
विद्युत सर्ट भई गएराति आगलागी हुँदा पसलभित्र रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियनत्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया