बारा, १८ भाद्र । जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ४० केजी सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी र ट्राफिक समेतको टोलीले जाँच गर्ने क्रममा प्रहरीलाई देख्नासाथ हेटौंडाबाट अमलेखगंजतर्फ जाँदै गरेको बा.प्र.०३–००१ च १९२४ नम्बरको पिकअप गाडीका चालकले गाडी रोकी फरार भएपश्चात गाडी तलासी गर्दा ४ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला परेको हो ।
प्रहरीले हाल फरार गाडी चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया