कैलाली, १८ भाद्र । धनगढी उपमहानगरपालिका–१ बाल्मिकी स्कुल नजिक सु.प.प्र.०१०११ प ९१०५ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
सोही उपमहानगरपालिका–५ जाई बस्ने ४० वर्षीय जिउधन चौधरीको सोमबार बिहान मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया