ललितपुरस्थित नापीचन्द्र महाविहारको नवनिर्मित भवनको उद्घाटन

समाचार

काठमाडौं, १९ भाद्र । नेपालको सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत करिब नेरु ३.५ करोडको लागतमा निर्मित ललितपुरस्थित श्री नापीचन्द्र महाविहारको नयाँ भवनको उद्घाटन भएको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र ललितपुर महानगरपालिकका मेयर चिरीबाबु महर्जनले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

सो समारोहमा ललितपुर विकास समाजका अध्यक्ष बुद्धिराज बज्राचार्य, स्थानीय समुदायका प्रतिनिधि, परियोजना व्यवस्थापन परामर्शदाता इनटेकका प्रतिनिधिका साथै नेपाल सरकार र भारतीय दूतावासका पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

नेपालको सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत यो परियोजनाको निर्माण भएको हो ।

२०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएको नापीचन्द्र महाविहारको भारत सरकारले उपलब्ध गराएको करिब नेरु ३.५ करोड अनुदान सहयोगमा निर्माण भएको हो ।

नेपाल सरकार शहरी विकास तथा भवन निर्माण विभागको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) ले यो परियोजनाको कार्यान्वयन गरेको हो ।

उद्घाटन समारोहमा बोल्दै राजदूत श्रीवास्तवले भारत र नेपालबीचको विकास सहकार्यका विभिन्न पक्षबारे चर्चा गर्दै यो सहकार्य दुई देशबीचको द्विपक्षीय साझेदारीको महत्वपूर्ण पक्षको रुपमा रहेको उल्लेख गरे ।

मेयर महर्जनले ललितपरका साथै आमरुपमा नेपालको सांस्कृतिक परियोजना निर्माणमा सहयोग गरेकोमा भारत सरकारलाई धन्यवाद दिए ।

भारत र नेपालको ऐतिहासिक सांस्कृतिक समानता र सम्पदा हाम्रा भावी पुस्ताका लागि संरक्षण गर्न आवश्यक छ । तसर्थ यस्ता सम्पदा क्षेत्रहरुको पुनस्र्थापना गर्ने हाम्रो साझा प्रयास रहेको छ ।

भारतले विगतमा पनि सांस्कृतिक सम्पदा क्षेत्रको पुनस्र्थापनाका लागि नेपालसँग मिलेर काम गरिसकेको छ । यो हातेमालोले हामीबीचको मैत्री सम्बन्धलाई मजबुत बनाउनुका साथै यसले हाम्रो साझा सांस्कृतिलाई पनि प्रतिबिम्बित गर्दछ ।

यसै अनुरुप भारत सरकारले नेपालका सात जिल्लामा रहेका २८ वटा सांस्कृतिक सम्पदाको संरक्षणका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ । यसका अतिरिक्त भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत भारत सरकारले गोरखा र नुवाकोट जिल्लामा ५०,००० वटा निजी आवास, आठ जिल्लाका ७१ वटा शैक्षिक संस्था, र दश जिल्लाका १३२ वटा स्वास्थ्य सुविधाको पुनर्निर्माणमा लागि सहयोग गरेको छ ।

यो परियोजनाले भारत र नेपालबीचको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारले गरेको प्रयासमा टेवा पुर्याएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ