नवलपरासी पश्चिम, १९ भाद्र । बर्दघाट नगरपालिका–६ स्थित सडकमा यूपी ५६ एबी ५६८३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री बर्दघाट नगरपालिका–६ बेतानी बस्ने अर्जुन थारूको छोरा ५ वर्षीय रोहित थारूको मंगलबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको संजिवनी पोलिक्लिनिक बर्दघाट हुँदै देवदह मेडिकल कलेज भलुही रुपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया