एमाले लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल निर्वाचित

समाचार

रुपन्देही, २० भाद्र । नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित भएका छन् ।

कँडेलले एमाले केन्द्रीय सदस्य प्युठानका हरि रिजाललाई दुई मतान्तरले पछि पार्दै विजयी भएका हुन् । कँडेलले ४७९ मत प्राप्त गरी विजयी भएका हुन् भने रिजालले ४७७ मत प्राप्त गरेका थिए ।

त्यसैगरी उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ ४५५ मत ल्याएर विजयी भए । उनीसँगै रुपन्देहीका विश्वराज बरालले ३०६, बाँकेका पुजन विश्वकर्माले ९८, रुकुमका शान्तकुमार वलीले ५६ मत ल्याएका थिए ।

उपसचिव खुलामा पूर्ण बुढामगर ४१८ मत ल्याएर निर्वाचित भए । महिला उपसचिवमा लिला रानामगर ३५२ मत ल्याएर विजयी भएका छन् ।

यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी भएका छन् । पदाधिकारीमा सचिव लक्ष्मण आचार्यसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ