अख्तियारको कर्मचारी भन्दै धम्काएर ठगी गर्ने दुई जना पक्राउ

समाचार

जनकपुरधाम, २० भाद्र । अख्तियारको कर्मचारी भन्दै धम्काएर ठगी गर्ने दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको हंसपुर नगरपालिका वडा नं. ३ बस्ने वर्ष ३७ को अनिल सिंह र सोही ठाउँका वर्ष ३२ राहुल सिंह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनीहरुले गत साउन ११ गतेदेखि भदौ १५ गतेसम्म जनकपुरधाम नगरभित्रका विभिन्न ७ वटा पसलहरूमा आफूहरू अख्तियारको कर्मचारी रहेको भन्दै व्यवसायीहरूलाई धम्की दिएर रकम असुली गर्दै आएका थिए ।

कागजातहरू देखाउनुस्, पसलको खानतलासी गर्छौँ, तपाईँको पसल सिल गर्छौँ, भन्दै धाक धम्की दिई नगद रुपैयाँ असुल गर्ने तथा ठगी गर्ने उनीहरूलाई खोजतलास गरी जनकपुरधाम उपमहानगरपालिका वडा नंं ७ भ्रमपुरा चोकबाट पक्राउ गरिएको जनाइएको छ ।

पक्राउ परेका उनीहरूलाई ठगी कसुर शीर्षक मुद्दामा ५ दिनको म्याद धनुषा अदालतबाट लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ