नेपालगन्ज, २० भाद्र । मानव बेचबिखन विरुद्धको १७औ दिवसका अवसरमा बुधबार देशैभर विभिन्न कार्यक्रम गरि यो दिवस मनाइएको छ ।
यसैगरी बाँके जिल्लाको कोहलपुर नगरपालिकाकामा पनि विभिन्न कार्यक्रम सहित मानव बेचबिखन नियन्त्रणका लागि कोहलपुर क्षेत्रका सरकारी तथा गैरसरकारी संस्थामा आबद्ध व्यक्तिहरूको उपस्थितिमा कार्यक्रम मनाइएको हो।
मानव बेचबिखन विरुद्धको १७औ दिवस कोहलपुर नगरपालिका महिला बालबालिका तथा समावेशीकरण उप(शाखाको आयोजनामा बाँके जिल्लालाई कार्यक्षेत्र बनाएर मानव बेचबिखन विरुद्ध काम गर्ने विभिन्न संघसस्थाको उपस्थितिमा र विद्यालयका भाइबहिनीको सहभागितामा ¥याली सडक नाटक सहित विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइएको हो ।
पछिल्लो समय वैदेशिक रोजगारी शैक्षिक परामर्श अन्तरदेशीय विवाह लगायत विभिन्न बहानामा नेपालीहरू बेचिँदै आएका छन् ।
नेपालमा नयाँ शैली र मार्ग प्रयोग गरेर मानव बेचबिखन र ओसारपसार भइरहेको छ कतिपय अवस्थामा जान्ने बुझ्ने हुँदाहुँदै पनि ट्र्यापमा परेर मानव बेचबिखनमा परेको अवस्था आउने गरेको छ।
मानव बेचबिखन नियन्त्रणका लागि सरकारी तथा गैर सरकारी तहबाट प्रयास भइरहेको भएपनी अझै पनि समस्या यथावत् नै रहेको छ ।
नेपालमा सम्बन्धित निकायले मानव बेचबिखन नियन्त्रणका लागि हरबखत कोसिस गरेको भएपनी समस्या समाधन गर्न चेतनामूलक कार्यक्रम लगायतका थप कार्यक्रम गर्न आवश्यक छ।
तपाईको प्रतिक्रिया