काठमाडौं, २१ भाद्र । कोशी प्रदेशका मुख्यमन्त्रीमा ४८ घण्टाभित्र एमालेका संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।
सर्वोच्च अदालतले उद्धव थापालाई पदमुक्त हुने आदेश गरेको हो ।
१६ साउनमा मुख्यमन्त्री नियुक्त भएका थापाले प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल अन्सारीलाई मतदान गर्न लगाएर ४ भदौमा प्रदेशसभाबाट विश्वासको मत लिएका थिए ।
त्यसविरुद्ध एमाले संसदीय दलका नेता कार्की सर्वोच्च आए । त्यही मुद्दामा न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले सभाको अध्यक्षता गरेका व्यक्तिले दिएका मतलाई संविधानसम्मत भन्न नमिल्ने ठहर गरेको हो ।
विश्वासको मत बदर गर्दै इजलासले मुख्यमन्त्री थापालाई पदमुक्त ग¥यो । पटक पटक विश्वासको मत पाउने अवसर दिन नसकिने भन्दै पूर्ण इजलासले अर्को प्रक्रियामा जानुपर्ने आदेश गरेको हो ।
तपाईको प्रतिक्रिया