चिनियाँ राजदूतको अभिव्यक्ति घोर आपत्तिकजनक : महन्थ ठाकुर

समाचार

काठमाडौं, २१ भाद्र । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले चिनियाँ राजदूत छन् सोङले दिएको अभिव्यक्ति घोर आपत्तिजनक रहेको बताएका छन् ।

अध्यक्ष ठाकुरले दुई देशको सम्बन्धका बारे तेस्रो देशले त्यस किसिमको अभिव्यक्ति दिनु सोभनीय नभएको जिकिर गरेका छन् ।

नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपाल–भारतबीचको सम्बन्ध र नेपालको आर्थिक अवस्थाप्रति विवादास्पद् अभिव्यक्ति दिएका छन्।

राजदूत सोङले नेपाल र भारतबीच भइरहेको विद्युत व्यापारका बारेमा गैरकूटनीतिक भाषामा टिप्पणी गरेका हुन्।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ