टुकी फाउण्डेशनको सामाजिक लेखापरिक्षण सार्वजनिक

समाचार

सप्तरी, २१ भाद्र । टुकी फाउण्डेशनले बिहीबार राजविराजमा सामाजिक लेखापरिक्षण एक कार्यक्रमको बीच सार्वजनिक गरेको छ ।

सप्तरीको राजविराज नगरपालिकाभित्र दुई जना एकल महिला, गरिब, असहाय, दिनदुखीलाई शौचालय सहित घर निर्माण र ३/३ वटा बाख्रा हस्तान्तरणमा २५ लाख ५६ हजार ७ सय ५८ रुपैयाँ लागत लागेको टुकी फाउण्डेशनकी सावित्री रजाईलीले जानकारी दिइन् ।

उनका अनुसार राजविराज न.पा. १४ का एकल महिला लडु वत्ति मण्डलको शौचालयसहित एक तल्ले चार कोठे घर निर्माण र ३ वटा बाख्रा वापत १२ लाख ७८ हजार ३ सय ७९ रुपैयाँ लागत लागेको बताइन् ।

त्यस्तै राजविराज –९ का सकिना खातुनको शौचालय सहित एक तल्ले चार कोठे घर निर्माण र ३ वटा बाख्रा वापत १२ लाख ७८ हजार ३ सय ७९ रुपैयाँ लागत लागेको सो कार्यक्रममा बताइन् ।

सो कार्यक्रममा टुकी फाउण्डेशनका कोर्डिनेटर महिला सचेतना समाजका अध्यक्ष सुनिता साहले समाजमा अपहेलित, दिनदुखी, असहाय एकल महिलाको आवास निर्माणको साथै आत्मनिर्भरका लागि बाख्रा पालनबाट आय आर्जनमा मद्दत पुग्ने बिश्वास ब्यक्त गरिन् ।

उनले अगामी दिनमा अरु एकल महिलालाई समेट्न टुकी फाउण्डेशनकलाई आग्रह गरिन् ।

सो अवसरमा राजविराज नगरपालिकाका का.वा.प्रमुख यसरत परविणको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ईजिनियरद्वय केवल दास, अशोककुमार दास, पशुपंक्षि शाखाका परमेश्वर यादव, टुकी फाउण्डेशनका शुष्मा श्रेष्ठ, रिता राई, घरधनीको तर्फबाट बबिता मण्डल र सकिना खातुन लगायतले आआफ्नो विचार व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ