अभियानद्वारा चिनियाँ राजदूतको पुतला दहन

समाचार

जनकपुरधाम, २२ भाद्र । कूटनीतिक मर्यादाविपरीत देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै राष्ट्रिय एकता अभियान जनकपुरले नेपालका लागि चिनियाँ राजदूतको पुतला दहन गरेको छ ।

राष्ट्रिय एकता अभियान जनकपुरका युवा प्रमुख अमित यादवको नेतृत्वमा जनकपुरको जनक चौकमा गरिएको विरोध प्रदर्शनमा चिनियाँ राजदूतलाई फिर्ता गर, ऋणजाल चाहिँदैन, देश डुबाउन पाइदैन, आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर, चिनियाँ विस्तारवाद मुर्दावाद, राष्ट्रिय एकता अभियान जिन्दावादका नारा लगाएका थिए ।

प्रदर्शनपछि कोण सभालाई सम्बोधन गर्दै जनकपुर संयोजक मनीष पुर्बेले कूटनीतक मर्यादाविपरीत चिनियाँ राजदूतले नेपाल भारत सम्बन्ध बिगार्ने उद्देश्यले दिएको अभिव्यक्ति निन्दनीय रहेकोले चिनियाँ राजदूतलाई तत्काल देश निकाला गर्नु पर्ने बताएका छन् ।

नेपाल–भारत जल विद्यूत सम्झौता नेपाल सरकारले प्राथमिकतामा राखेको र यसबाट नेपाललाई दीर्घकालीन उपलब्धि हुने भएकोले यों चीनलाई अपाच्य भएको र चीनले नेपाललाई आर्थिक रुपले ऋणमा फसाई तिब्बत बनाउन खोजेको आरोप लगाए ।

प्रदर्शनमा अभियानका संजीव झा, रामकरण साह, संजय यादव, गौतम झा, राजू कापर, अनुराग चौधरी, सुमित महरा, शिवनाथ साहलगायतका अभियानीहरु सहभागी थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ