पुजारीलाई आक्रमण गर्नेलाई कारबाही गर्न महाअभियानको माग

समाचार

काठमाडौं, २२ भाद्र । समतामूलक समाज निर्माण महाअभियानले रौतहट जिल्लामा एक मन्दिरका पुजारी (संत) माथि सांघातिक आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ ।

महाअभियानका महासचिव अभिषेक तिवारीले शुक्रबारा एक विज्ञप्ति जारी गरी रौतहटको एक मन्दिरका पुजारीमाथि भएको सांघातिक आक्रमण अत्यन्तै निन्दनीय रहेको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा बस्ने हामी तीन करोड नेपालहरु मध्ये ८४ प्रतिशत हिन्दु तथा ओमकार परिवार गरि ९४ प्रतिशतले वैदिक सनातन हिन्दु धर्म संस्कृति आत्मसात गरेका छौं। बहुसंख्यक हिन्दु धर्मावलम्बीहरुको आस्था माथि खेलवाड गर्दै रौतहट जिल्लामा साधु संत माथी पटक पटक सुनियोजित तवरले संघातिक हमला हुदै आएको सर्वबिदितै छ र हिजो पुनः उक्त जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नं. ३ देवीपर्सा टोलस्थित श्री रामजानकी मन्दिरका पुजारी मिश्रीलाल साह माथी मिति २०८०/०५/२१ गते बिहिवार राति करिब ११ बजेको समयमा षड्यन्त्रपूर्वक गरिएको सांघातिक आक्रमणको हामी कडा शब्दमा निन्दा गर्दै घोर भत्सर्ना गर्दछौं।’

तसर्थ रौतहटमा साधु संतलाई लक्षित गरि निरन्तर भैरहेको हमला र आक्रमणको अत्यन्त गम्भीर विषयलाई यथाशीघ्र विशेष चासोका साथ राज्यले विगत र वर्तमान अवस्थामा भएका र घटाइएका यस्ता नियोजित तथा बदनियतपुर्ण घटनाहरुको निष्पक्ष छानबिन गरि दोषी लाई सम्बन्धित पक्षसँग कडा भन्दा कडा कानुनी कार्यवाहीको माग गरेको छ ।

यदि कुनै पनि बहाना कार्यवाही प्रक्रिया ओझेल पारिएको खण्डमा समतामूलक समाज निर्माण महाअभियान कडा संघर्षमा उत्रन बाध्य हुने चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ