कपिलवस्तु, २२ भाद्र । शुद्धोधन गाउँपालिका लवनीका कर्मचारीहरुले सरकारले स्थानीय तह र प्रदेश स्तरका कर्मचारीहलाई विभेद गरेको भन्दै निजामती कर्मचारी निजामती सेवा दिवस मनाउनुको साटो उल्टै स्थापना दिवसमा कालोपट्टी बाँधेर विरोध जनाएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट मन्त्रिपरषद्मार्फत सदनमा पेश गर्न लागेको निजामति ऐनमा स्थानीय तहका कर्मचारिहरुको मानमर्दन हुने खालको देखिएकोले कालोपट्टी बाँधेर विरोध गरेको कर्मचारीहरुले जनाएका छन् ।
उनीहरुले संघीय निजामति ऐनको ठाउँमा एकीकृत कर्मचारी ऐन ल्याउनु पर्ने, स्थानीय तहका कर्मचारीलाइ पनि निजामति ऐनमा समेट्नु पर्ने, कर्मचारी समायोजन ऐन २०७५ अनुसार समायोजन भएका कर्मचारीलाई १ पटक पुनरावलोकन गर्नुपर्ने, स्थानीय तहका कर्मचारीहरुको सुरक्षित रहनुपर्ने लगायतका मागहरु रहेको शुद्धोधन गाउँपालिकाका शिक्षा शाखा प्रमुख धनि प्रसाद शर्माले बताए ।
तपाईको प्रतिक्रिया