बाँके, २२ भाद्र । जिल्लाको नेपालगंज उपमहानगरपालिका २१ बिर्ताबाटसशस्त्र प्रहरीले करीव १६ लाख रुपैयाँ बराबरको बोईलर कुखुराको चल्ला र पिकअप गाडी नियन्त्रणमा लिएको छ ।
भे १ च ३५९७ नम्बरको गाडीमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्यको ६ हजार वटा बोईलर कुखुराको चल्लासहित गाडी नं. ३० बागेश्वरी गण बाँकेले नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएको चल्ला नेपाल प्रहरी, स्थानीय भद्रभलाद्मी, पशुक्वारेन्टाईनका कर्मचारी र संचारकर्मीको रोहवरमा नष्ट गरिएको छ भने गाडी आवश्यक कारवाहीको लागि नेपालगंज भन्सार कार्यालय जमुनाहमा बुझाईएको छ ।
तपाईको प्रतिक्रिया