कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त

समाचार

विराटनगर, २२ भाद्र । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कुमार कार्की नियुक्त भएका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश प्रमुखको कार्यालय, विराटनगरमा नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम कोशी प्रदेश सभाका सदस्य कार्कीलाई प्रदेश सरकारको मुख्यमन्त्री पदमा नियुक्त गरी पद तथा गोपनियताको शपथ गराएका हुन् ।

त्यसैगरी मुख्यमन्त्री कुमार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रीपरिषद् गठन भई कार्यविभाजन पनि गरेका छन् ।

कार्यविभाजन अनुसार हिक्मत कुमार कार्की मुख्यमन्त्री, आर्थिक मामिला तथा योजना मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, तिलकुमार मेन्याङ्बो मन्त्री खानेपानी, सिंचाइ तथा ऊर्जा, स्वास्थ्य, पाँचकर्ण राई मन्त्री पर्यटन, वन तथा वातावरण मन्त्रालय, भुमि व्यवस्था तथा सहकारी मन्त्रालय, एकराज कार्की मन्त्री भौतिक पूर्वाधार विकास मन्त्रालय र सृजना राई राज्यमन्त्री सामाजिक विकास रहेका छन् ।

मन्त्रीहरूलाई प्रदेश प्रमुखबाट र राज्यमन्त्रीलाई मुख्यमन्त्रीबाट पद तथा गोपिनयताको शपथ ग्रहण भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ