बाँके, २३ भाद्र । राप्तीसोनारी गाउँपालिका–८ सम्शेरगंजस्थित सडकमा बिग्रिएर रोकि राखेको ट्रकमा बस ठोक्किँदा सात जनाको ज्यान गएको छ ।
ना.८ ख ६४०५ नम्बरको ट्रकमा दाङबाट कोहलपुरतर्फ जाँदै गरेको ना.७ ख २३२१ नम्बरको बस ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा बसमा सवार बर्दिया ठाकुरबाबा नगरपालिका–९ बस्ने ५० वर्षीय काशिराम थारू समेत ७ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर गाइते भएका उनीहरूको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथै दुर्घटनामा घाइते भएका अन्य ३३ जनालाई उपचारको लागि मेडिकल कलेज कोहलपुर पठाएकोमा ४ जनालाई थप उपचारको लागि नर्सिङ होम नेपालगञ्ज रिफर गरिएको छ भने २ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।
हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
तपाईको प्रतिक्रिया