प्लाइ उद्योगमा आगलागी हुँदा २० लाखभन्दा बढीको क्षति

समाचार

बारा, २३ भाद्र । प्रसौनी गाउँपालिका–२ पतंजलिस्थित अपुर्व प्लाई फेक्ट्रिको मटर मेसिनमा आगलागी हुँदा २० लाखभन्दा बढीको क्षति भएको छ ।

शनिबार दिउँसो आगलागी हुँदा करिब २० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ