काठमाडौं, २३ भाद्र । नेपालका लागि चिनियाँ राजदूतको अभिव्यक्तिप्रति विरोध जनाउँदै लोकतान्त्रिक विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालको भ्रातृ संगठन रहेको लोविसंघले शनिबार विरोध प्रदर्शन गरेको हो ।
लोविसंघका अध्यक्ष रोशन मिश्रको नेतृत्वमा निकालिएको विरोध जुलुसमा लोसपाका केन्द्रीय नेताहरु डा.सुरेन्द्र झा, मो.एकवाल अहमद शाह, हिन्दी भाषा अभियानी रमन पाण्डेय, मनिष मिश्र, रामकिशोर सिंहलगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया