मलंगवामा निषेधाज्ञा जारी

समाचार

सर्लाही, २४ भाद्र । जिल्लाको सदरमुकाम मलंगवामा शनिबारदेखि लगाइएको कर्फ्यु आइतबार बिहान ८ बजेदेखि हटाइए पनि निषेधाज्ञा जारी रहेको छ ।

कर्फ्यु हटाइएपछि मलङ्गवाको जनजीवन सामान्य बन्दै गएको छ । बजार, पसल खुल्न थालेका छन् भने यातायातका साधन चल्न सुरु भएका छन् ।

मलंगवाका विभिन्न स्थानमा अहिले पनि व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

व्यक्तिहरूले हिँडडुल गर्न पाउने, बजार पसल खोल्न पाउने तर विरोध जुलुस, धर्ना, आमसभा लगायतका कार्यक्रम गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।

मलङ्गवामा दुई पक्षबिच ढुङ्गा हानाहान तथा झडप हुन थालेपछि स्थानीय प्रशासनले हिजो शनिवार साँझ ५ बजेदेखि आज आइतबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो ।

अस्ति शुक्रवार साँझ कृष्ण जन्माष्टमीका मूर्ति सेलाएर फर्किने क्रममा झडप भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ