मलंगवा घटनाबारे मुस्लिम आयोगको आयो यस्तो विज्ञप्ति

समाचार

काठमाडौं, २४ भाद्र । सर्लाही जिल्लाको सदरमुकाम मलंगवामा दुई पक्षबीच भएको ढुंगा हानाहान तथा झडपका विषयमा मुस्लिम आयोगले एक विज्ञप्ति जारी गरेको छ ।

मुस्लिम आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केही उश्रृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र समुदायका धार्मिक धरोहरमाथि आक्रमण गरी नेपालमा सदियौंदेखि चलिआएको धार्मिक सहिष्णुतालाई खल्बलाई सामाजिक अशान्ति फैलाउने कार्य भएकोले मुस्लिम आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’

धार्मिक सहिष्णुता खल्बलाई समाजमा अशान्ति सिर्जना गर्ने व्यक्तिहरुको पहिचान गरी कानूनी कारबाहीको दायरामा ल्याउन नेपाल सरकारासँग आयोगले माग गरेको हो ।

साथै, समाजमा शान्ति र अमनचयन कायम गरी सबै धर्म, समुदायहरुको धर्म एवं आस्थाप्रति सम्मान व्यक्त गर्न र धार्मिक सहिष्णुता बचाइराख्न सबैसँग आयोगले अपिलसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ