नेपालगन्ज विमानस्थलबाट स्रोत नखुलेको रकमसहित कर्मचारी पक्राउ

समाचार

नेपालगन्ज, २५ भाद्र । नेपालगन्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाखसहित कर अधिकृत पक्राउ परेका छन् ।

नेपालगन्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।

विमानस्थलमा जाँचका क्रमममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

कर अधिकृत सापकोटाका साथमा रहेका तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दिपक पौडेल भने फरार भएका छन् ।

उक्त रकम लिएर सापकोटा श्री एयरलाइन्सको उडानबाट नेपालगन्जदेखि काठमाडौँ जाँदै थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ