कोरोना पीडितको सहयोगका लागि आएको रकममा अनियमितता गरेको आरोप

समाचार

प्रेमचन्द्र झा, रौतहट, २५ भाद्र । नेपाल सरकारले कोरोना पीडित जनतालाई सहयोग गर्न दिएको अनुदान रकममा अनियमितता भएको स्थानीयले आरोप लगाएका छन् ।

परोहा नगरपालिकाले २ वर्ष आगाडि कोरोना पीडितलाई सहयोग रकम वितरण गर्न एक सहकारी संस्थालाई दिएपनि हालसम्म सबै जनालाई वितरण नगरे पछि अनियमितता नै भएको दाबी गरेका छन् ।

नेकपा माओवादीका नेता तथा परोहा नपा वडा नम्बर ४ का वडा प्रत्यासी अमिन्द्र यादवले दिएको जानकारी अनुसार पालिकामा क वर्गको प्रभु वैक परोहा शाखा हुँदाहुँदै पनि काखापाखा गर्ने मनलाग्दी गर्ने नियतले पुजनिय सहकारी संस्थाको खातामा रकम पठाई नगर प्रमुख शेख वकिलले नियतवश भ्रष्टाचार गर्न खोजेको आरोप लगाएका छन् ।

नगरप्रमुख शेख वकिल र पुजनिय सहकारी संस्थाले रकम हिनामिना गर्न खोजेको आरोप लगाउँदै स्थानीय युवा ईन्जिनियर सतेन्द्र प्रसाद यादवले बुधबारसम्म सबै कोरोना पीडितलाई रकम वितरण नगरे नगरपालिका घेराउ गर्ने सामाजिक सञ्जाल मार्फत चेतावनी समेत दिएका छन् ।

नगरप्रमुख शेख वकिल र पुजनिय सहकारी संस्थालाई कोरोना पीडित जनताका लागि आएको सहयोग समयमा वितरण गर्नु पर्दछ नियत भएको भए २ वर्ष देखि पकै रोकेर राख्दैन थिए नेता यादवले बताए ।

परोहा नगरपालिकालाई नेपाल सरकारले कोरोना पीडितलाई सहयोग गर्न सशर्त अनुदान शिर्षकमा ९० लाख रुपैयाँ पठाएको र रकम फ्रिज नहोस् भनी सहकारी संस्थाको खाता रकम पठाउन लगाएको नगर प्रमुख शेख वकिलले बताए । सबै वडामा रकम बितरण भइरहेको दाबी गर्दै अब ३० लाख रुपैयाँ मात्र वितरण गर्न बाँकी रहेको बताए ।

वडाको सिफारिसमा नगरपालिकाले उक्त रकम वितरण गर्न निकै कठिनाई भएको र चुनाव बिचमा परेका कारण पनि आफूले बदनाम हुने डरले केही समय रकम रोकेर राखेको नगर प्रमुख शेख वकिलले स्वीकार गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ